पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय बाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बिक्री खुला गरेको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिने म्याद थप भएर वैशाख २१ गतेसम्म पुर्याइएको छ । यसअघि बैंकले छिटोमा वैशाख १० गते निष्कासन बन्द हुने भने पनि पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको हो । 

बैंकले २ अर्ब ५० करोड रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाएको थियो । 

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको छ । सात वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ