बाणिज्य बैंकहरुको कुल कर्जामा निष्क्रिय कर्जाको औसत अनुपात १.१७५ प्रतिशत विन्दुका दरले बढेको छ । गत आवको तेस्रो त्रैमासमा औसत निष्क्रिय कर्जाको अनुपात ३.६५ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा यो ४.८२५ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिमा हिमालयन बैंकको निष्क्रिय कर्जाको अनुपात ४.९६ प्रतिशतबाट ७.६८ प्रतिशत पुगेको छ । त्यस्तै, कुमारी बैंकको यस्तो अनुपात ५.४९ प्रतिशतबाट ६.९८ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकको ४.६६ प्रतिशतबाट ६.०६ प्रतिशत कायम भएको छ । लक्ष्मी सन्राइज बैंकको ५.४९ प्रतिशतबाट ५.८६ प्रतिशत पुगेको छ । प्रभु, सिटिजन्स, नेपाल, एनआइसी एसिया र प्राइम कमर्सियल बैंकको यस्तो अनुपात ५ प्रतिशतभन्दा बढी छ । माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, एनएमबि, नेपाल एसबिआई, ग्लोबल आइएमई, कृषि विकास बैंक, सिद्धार्थ र नबिल बैंकको निष्क्रिय कर्जाको अनुपात ४ प्रतिशतभन्दा बढी छ ।
स्ट्यान्डर्ड चार्टर्डको निष्क्रिय कर्जाको अनुपात २.१४ प्रतिशतबाट १.४४ प्रतिशत र एभरेष्ट बैंकको यस्तो अनुपात ०.७ प्रतिशतबाट ०.६४ प्रतिशतमा सीमित छ ।
साझा अर्थ संवाददाता