पात्रो

रेडियो

समाचार खोजी

विकाश बैंकहरुले नौ महिनामा कमाए तीन अर्ब ६९ करोड

साझा अर्थ संवाददाता ८ वैशाख २०८२, सोमवार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकले ४.३४ प्रतिशतले नाफा बढाएर ३ अर्ब ६९ करोड २७ लाख १२ हजार पुर्याएको छ । गत आवको सोही अवाधिमा ३ अर्ब ५३ करोड ८८ लाख ५० हजार नाफा थियो । 

सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा ५ वटाको नाफा बढेको छ भने तीनवटाको घटेको छ । नाफा बढाउने बैंकमा गरिमा, कामना सेवा, महालक्ष्मी, सांग्रिला र ज्योति विकास बैंक रहेका छन् । यस्तै नाफा घटाउने बैंकमा मुक्तिनाथ, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंक रहेका छन् । 
चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने गरिमा विकास बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७.१३ प्रतिशतले बढी हो ।
 दोस्रोमा मुक्तिनाथ विकास बैंकले १६.८५ प्रतिशत नाफा बढाएर ७२ करोड ४८ लाख ५२ हजार कायम गरेको छ । यस्तै शाइन रेसुङ्गा डेभलमेन्ट बैंकले ५१ करोड ४० लाख १४ हजार नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ०।१२ प्रतिशतले कम हो । कामना सेवा विकास बैंकले करिब ४९ प्रतिशत बढाएर ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  
यस्तै महालक्ष्मी विकास बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा १६.८६ प्रतिशत धेरै हो । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१८ प्रतिशतले बढेर ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको छ । यस ज्योति विकास बैंकको नाफा १०१.१४ प्रतिशतले बढेर ३० करोड ६६ लाख ११ हजार रुपैयाँ पुगेको छ ।  लुम्बिनी विकास बैंकको नाफा ८५.४५ प्रतिशतले घटेर ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ