पात्रो

रेडियो

समाचार खोजी

चैतसम्म १ खर्ब ८८ अर्बको वस्तु निर्यात, ६५ प्रतिशतले बढ्यो

साझा अर्थ संवाददाता ७ वैशाख २०८२, आइतवार

काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । 

यो गत आवको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा नेपालले १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको मात्रै मालवस्तु विदेश निर्यात गरेको थियो । विभागकाे तथ्यांक अनुसार यस अवधिमा आयात व्यापार पनि १२.१८ प्रतिशतले बढ्दै १३ खर्ब ९ अर्ब रुपैयाँ नाघेको छ । गत आवको यहि अवधिमा यस्तो आयात ११ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको थियो । 

यसरी चालु आवको चैत मसान्तसम्म अर्थात ९ महिनामा नेपालले ११ खर्ब २१ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । गत आवमा यस्तो व्यापारघाटा १० खर्ब ५३ अर्ब रहेकोमा चालु आवमा यसमा ६.५४ प्रतिशतको वृद्धि देखिएको हो ।

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ