पात्रो

रेडियो

समाचार खोजी

११ बैंकको नाफा बढ्यो नौ बैंकको घट्यो

साझा अर्थ संवाददाता ७ वैशाख २०८२, आइतवार

 

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १.३९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको खुद नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार थियो। समिक्षा अवधिमा  २० बैंक मध्ये ११ वटाको नाफा बढेको छ भने ९ वटा बैंकको  घटेको छ। प्रतिशतको आधारमा सर्वाधिक नाफा बढाउनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको खुद नाफा २०३२.८० प्रतिशतले बढेको छ भने रकमको आधारमा नबिल बैंकले सर्वाधिक ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ। नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ५४ करोड, ग्लोबल आइएमईले ४ अर्ब ५३ करोड नाफा कमाउन सफल भएको छ । सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । यसले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

तर केही बैंकहरूको नाफामा गम्भीर गिरावट आएको छ। एनआईसी एसिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा झरेको छ। कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेको छ भने हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले घटेको छ।

यसरी नाफामा आएको घटबढको प्रमुख कारण भनेको बैंकहरूको खराब कर्जा दर उच्च हुनु, प्रोभिजनिङ खर्चमा वृद्धि हुनु, र इम्पेयरमेन्ट चार्ज बढ्नु हो। बैंकहरूले धेरै रकम नाफाबाट छुट्याउनुपरेको कारणले पनि खुद नाफामा दबाब परेको देखिन्छ।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ