काठमाण्डौ । हरेक दिन सुनको मूल्य बढेर बनाइरहेको रेकर्डमा ब्रेक लागेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँको किर्तिमानी उचाईमा पुगेको थियो ।
आज चाँदीको मूल्यमा भने कुनैपनि घटबढ भएको छैन, प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।
साझा अर्थ संवाददाता