काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाहरूबीच विवादले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको टिप्पणी गरेका छन् ।
आज ‘जनतासँग माओवादी ः तराई–मधेश जागरण अभियान’ अन्र्तगत रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषय दलहरूबीच नभई बिचौलियाहरूबीच विवाद हुँदा प्रक्रिया ढिला भएको दाबी गरे।
उनले भने, ‘गभर्नर नियुक्तिमा अहिले बिचौलियाबीच तानातान छ । जनतालाई लागिरहेको हुनसक्छ कि पार्टीबीच सहमति छैन, तर यथार्थमा बिचौलियाहरूबीच कुरा नमिलेकाले ढिलाइ भएको हो । कहिले कांग्रेस, कहिले एमालेलाई पकड्ने प्रयास भइरहेकाले टुंगो लागेको छैन ।’
प्रचण्डले स्वार्थ समूहहरूको प्रभाव बढ्दै गएको बताउँदै गर्भनरजस्तो संवेदनशील पदमा योग्यताको आधारमा नियुक्ति गर्न सरकारलाई सुझाव समेत दिए ।
प्रचण्डले सरकार बिचौलियाहरूको इशारामा चलिरहेको आरोप लगाए । ‘यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो, मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ ९३० अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो ।’
साझा अर्थ संवाददाता