पात्रो

रेडियो

समाचार खोजी

तोलाकै एक लाख ९० हजार नाघ्यो सुनको भाउ

साझा अर्थ संवाददाता ४ वैशाख २०८२, बिहिवार

आज बिहिबार सुनको भाउ ऐतिहासिक उचाइ पुगेर हालसम्मकै रकर्ड ब्रेक गरेको छ  । सुनको भाउ आज प्रति तोला तीन हजार ६ सय रुपैया बढेर तोलाकै एक लाख ९० हजार भन्दा बढी कायम भएको हो । 

बुधबार प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार ६ सयले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६३ हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।

 
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

255 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ