१९ चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्र पर्ने जोखिमपूर्ण काम सम्पन्न गरेर बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले २३ कात्तिकदेखि दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म० विमानस्थल बन्द गरेरै स्तरोन्नतिको काम गरिँदै आएको थियो । विमानस्थल १४ घण्टा मात्र सञ्चालन भइरहेको थियो । बिचमा दुई घण्टा थपेर दैनिक १६ घण्टा विमानस्थल सञ्चालन गरिँदै आएको छ । विमानस्थलमा ट्याक्सी वे, एप्रोन, ह्यांगरलगायत विस्तार गरिँदै छ ।
साझा अर्थ संवाददाता