आज सोमबार पनि सुनको भाउ तोलामै एक हजार एक सय रुपैयाँ बढेर किर्तीमानी उचाईमा पुगेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रति तोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ४४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता