पात्रो

रेडियो

समाचार खोजी

निजी क्षेत्रमैत्री वातावरण बनाउने सय सांसदहरूको प्रतिबद्धता

अर्थमन्त्री, उद्योगमन्त्री, उर्जा मन्त्री तथा सत्ताधारी र प्रतिपक्षमा सहेका एक सयभन्दा बढी सांसदहरूले निजी क्षेत्रलाई सहयोग हुने गरी नीति–निर्माण गर्ने प्रतिबद्धता

साझा अर्थ संवाददाता ३ भदौ २०८१, सोमवार

संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूले निजी क्षेत्रमैत्री नीति–निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले गरेको कार्यक्रममा उपस्थित अर्थमन्त्री, उद्योगमन्त्री, उर्जा मन्त्री तथा सत्ताधारी र प्रतिपक्षमा सहेका एक सयभन्दा बढी सांसदहरूले निजी क्षेत्रलाई सहयोग हुने गरी नीति–निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको भूमिका संकुचित बनाउने गरि कानूनहरु बनिरहेकोले यसतर्फ समयमै ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

 महासंघले दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले महासंघले नीति निर्माण तहमा गरिरहेको प्रतिनिधित्व घटाउने प्रयास भइरहेको पनि बताए । उनले नेपाल धितोपत्र बोर्ड लगायतका संस्थामा आइक्यान र महासंघका सदस्य हटाउने कानून बनिरहेको भन्दै निजी क्षेत्र संकुचित गर्न नहुने बताए । 

कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले लगानी अभिवृद्धि गर्ने वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको बताए । उनले वर्तमान सरकारले अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको समेत जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका समयमा भएको संशोधनले वातावरण तयार पारको बताए । 

ऊर्जामन्त्री दीपक खड्काले संसद्मा विचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भइरहेको बताए । उनले प्रसारणलाइनलगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको बताए ।
संघीय संसद् प्रतिनिधिसभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक वित्तीय संस्थासम्बन्धी लगायतका कानुनमा छलफल भइरहेको बताउँदै यसमा बृहत् छलफल गरी निर्णय गरिने बताए । 

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताइन् । 

नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले निजी–सामाजिक न्यायसहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आफ्नो पार्टी सधैँ तयार रहेको बताए । राष्टिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले परम्परागत रूपमै उद्यमी–व्यवसायीको मान कम हुने गरेको बताए । 

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ