काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब बराबरको ऋणपत्र जारी गरेको छ । बैकले आजबाट प्रति ऋणपत्र १००० अंकित दरमा ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । त्यस्तै ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
१० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन फागुन २१ गतेसम्म दिनुपर्नेछ ।
साझा अर्थ संवाददाता