काठमाडौः मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा चैत १० गते बस्ने भएको छ । सञ्चालक समितिको निर्णय अनुसार साधारण सभा सो दिन भक्तपुरको जगातीको होटल भ्यू भक्तपुरमा बस्ने भएको हो ।
छैटौं साधारण सभाले लघुवित्त मर्जकालागि काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका निर्णय गर्ने बताइएको छ । साधारण सभा प्रयोजनकालागि संस्थाले फागुन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
साझा अर्थ संवाददाता