काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को सात महिनामा चार लाख ६५ हजार ५०८ जना नेपाली वैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार बिभागले जनाएको छ । त्यसमा दुई लाख ७४ हजार ६२२ जना पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् भने एक लाख ९० हजार ८८९ जना भने श्रम स्वीकृती नविकरण गरेर वैदेशिक रोजगारमा गएको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । त्यसमा नयाँ श्रम स्वीकृती लिएर जानेमा साउनमा ३६ हजार ९२८, भदौमा ३९ हजार ५५७, असोजमा ३४ हजार १६९, कात्तिकमा ३६ हजार ८२४, मंसिरमा ४२ हजार ९०६, पुसमा ४० हजार ५५ र माघमा ४४ हजार १८३ जना रहेका छन् ।
साझा अर्थ संवाददाता