मंगलबार प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँको किर्तीमानी मूल्य भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ तय भएको छ ।
साझा अर्थ संवाददाता