काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ९८ अंकले घटेर २ हजार छ सय ७७ दशमलव ३२ बिन्दुमा कायम भएको छ ।
आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर छ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर मा नेगेटिभ सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन सोमबार न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयरमा भने सकारात्म सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता