काठमाडौः एनएलजी इन्योरेन्सको लिलामी शेयर भर्ने आज मन्तिम दिन रहेको छ । आजसम्म इन्स्योरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर भर्न सकिने छ ।
कम्पनीले माघ २० गते संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको थियो । मंसिर ११ गतेदेखि पुष १६ सम्म९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर खुल्ला गरेको थियो । हकप्रदमा विक्री नभएका बाँकी शेयर कम्पनीले लिलामीमा राखेको हो । लिलामीमा भागलिन चाहनेले संस्थापक तर्फ न्यूनतम १० हाजर कित्ता र साधारणतर्फ सय कित्ताकालागि आवेदन दिनु पर्ने छ ।
साझा अर्थ संवाददाता