पात्रो

रेडियो

समाचार खोजी

मार्जीन कारोवार योग्य सूचि सार्वजनिक

साझा अर्थ संवाददाता १६ माघ २०८१, बुधवार

काठमाडौंः एकसय दुई कम्पनी मार्जिन कारोवारकालागि योग्य भएको नेप्सेले सूचि सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेसँगै ति कम्पनी मार्जीन कारोवरकालागि योग्य भएका हुन् । 
मार्जिन कारोबार योग्य कम्पनीहरुमा १६ वाणिज्य बैंक , ९ जीवन बीमा कम्पनी, ९ निर्जीवन बीमा कम्पनी, ६ राष्ट्रियस्तरका विकास बैंक, ३३ लघुवित्त संस्था १ पुनर्बीमा कम्पनी तथा १ फाइनान्स कम्पनी रहेका छन् । यसैगरी लगानी समूहका ४ , उत्पादन समूहका ३, जलविद्युत समूहका १५, होटल समूहका २ वटा र अन्य समूहबाट नेपाल टेलिकम पनि मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा परेको नेप्सेले जनाएकोछ । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेको भनाई रहेको छ ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु