साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेका ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म कायम शेयरधनीले शिवम सिमेन्ट, लक्ष्मी सनराइज बैंक, डिप्रोक्स लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्न पाउँनेछन् ।
शिवम सिमेन्टले ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्तले ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश, सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांश, आईसीएफसी फाइनान्सले ५.२६३२ प्रतिशत नगद लाभांश र साना किसान विकास लघुवित्तले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेका छन् ।
साझा अर्थ संवाददाता