sajhaartha.com ८ पुष २०८१, सोमवार
८ पुष २०८१, सोमवार
23rd, December 2024, Monday
ताजा खबर

बुटवल उपमहानगरले ल्यायो करिब ३ अर्बकाे बजेट

११ असार २०८१, मङ्गलवार नवराज शिवाकोटी
177
Shares

काठमाडाैं । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

 

उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा आज २ अर्ब ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

 

बजेटमा चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि उपमहानगरले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

 

निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी उपमहानगरपालिका-११ मा सय बेडको नगर अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।

 

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ ।

 

शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रम अन्तरगत ५ करोड रुपैयाँ छुट्याइएको छ । छोरी पढाऔँ, समाज बनाऔँ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्ष्टिच्युटसँगको सहकार्यमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा दिन २५ लाख रुपैयाँ छुट्याइएको छ ।

 

लुम्बिनी बस टर्मिनलमा विद्युत, खानेपानी, खाजाघर, शौचालय र स्नानघर, वाईफाई र विश्रामस्थल निर्माण गर्न १ करोड तथा बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड रुपैयाँ बजेटमा राखिएको छ ।

नवराज शिवाकोटी
११ असार २०८१, मङ्गलवार

177

Shares

सम्बन्धित समाचार