पात्रो

रेडियो

समाचार खोजी

एलपी ग्यासको आपूर्ति सहज बनाउन पूरा तौलकै सिलिण्डर वितरण गरिने

साझा अर्थ संवाददाता ३२ असार २०८३, बिहिवार

काठमाडौं, ३१ साउन : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको एलपी ग्यासको आपूर्ति असहजता हटाउन पुनः पूरा तौल अर्थात १४.२ केजी तौलको ग्यास सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । बुध.बार संसदीय समितिको बैठकमा मन्त्रालयले सो जानकारी दिएको हो । 
संघीय संसदअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आपूर्ति प्रणालीलाई सहज बनाउन तथा ढुवानी लागत व्यवस्थापनका लागि १४.२ केजीकै सिलिण्डर वितरण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।
ढुवानी भाडा वृद्धि, उपभोक्ताको माग तथा औद्योगिक जनशक्तिको लागत बढेकाले पुनः १४.२ केजीकै पूर्ण तौलको सिलिण्डर बिक्री–वितरण गर्ने निर्णय गरिएको उहाँको भनाई रहेको छ ।
 नयाँ व्यवस्थाले ग्यास आपूर्ति प्रणालीलाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु