पात्रो

रेडियो

समाचार खोजी

वीरगञ्ज नाकाबाट  हवाई इन्धन र ग्यासको आयातमा कमी

साझा अर्थ संवाददाता २० साउन २०८१, आइतवार

पर्साः नेपालको प्रमुख ब्यापारिक नाका वीरगञ्ज नाकाबाट  भित्रीने हावाई ईन्धन र एलपीजी ग्यासको आयातमा कमी भएको पाइएको छ । सो नाकाबाट आयात हुने हवाईइन्धमा ७१ प्रतिशत र एलपीजी ग्यासको आयातमा ४ प्रतिशतले कमी भएको पाइएकोहो । 
आर्थिक वर्ष २०७९/८० मा वीरगञ्ज नाका बाट रु ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमा रु ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको थियो । 
भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट रु १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर(केल) हवाई इन्धन आयात भएकामा गत आवमा रु १८ अर्ब २१ करोडको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ । 
खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने सो नाकाबाट बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कणर्ले जानकारी दिनुुभयो । वीरगञ्ज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको कणर्को भनाई रहेको छ । आव २०७९/८० मा रु एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार पाँच सय छ केल डिजल र रु ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार सात सय ११ केल पेट्रोल आयात भएको मा गत आवमा रु एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार पाँच सय २० केल डिजल र रु ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार सात सय २३ केल पेट्रोल आयात भएको कार्यालयको तथ्याङ्क छ । कार्यालयका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।

286 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता