काठमाडौं बुधबार सेयर बजार सूचक नेप्से ३९.७० विन्दुले बढेर २७५६.३६ अंकमा पुगेको छ । नौ वटा कम्पनी सकारात्मक सर्किट नजिक पुगेको दिन ९ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३१६ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी रहेका छन् ।
साझा अर्थ संवाददाता