पात्रो

रेडियो

समाचार खोजी

९० प्रतिशत रोपाइँ सकियो

साझा अर्थ संवाददाता २० साउन २०८१, आइतवार

वीरगञ्ज: पर्सा जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको पाइएको छ । कृषि ज्ञान केन्द्र पार्साका अनुुसार यो वर्ष पर्याप्त पानी परेकाल जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको हो ।
पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिनुुभयो । समयमैं रोपाई सभाएकोले यो वर्ष पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान रहेको उहाँको भनाई रहेको छ ।
हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । जिल्लामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको कार्यालयको भनाई रहेको छ

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता