पात्रो

रेडियो

समाचार खोजी
बजेट

‘बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न सकिएन’

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

काठमाडौं । नेकपा एमालेका सांसद् भीमप्रसाद आचार्यले बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न नसकिएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसद् आचार्यले बजेटमाथि अर्थहीन छलफल लामो हुने गरेको बताएका हुन् ।

 

बजेटमा परिवर्तन नआउने हो भने छलफलको कुनै औचित्य नरहेको उनले बताए ।  उनले भने,‘यदि बजेटमा आउँदैन भने हामी यो पंचायती कालदेखि यस्तै छलफल गर्ने र यस्तै निष्कर्ष निकाल्ने विरासत बोकेर हिडिँरहेका छौं ।’   पंचायतकालीन विरासत तोड्ने हिम्मत कसैले नगरेको उनको गुनासो छ ।

 

सांसद आचार्यले भने,‘यहाँ क्रान्ति गरेर आका ठूलठूला क्रान्तिकारीहरू पनि यहाँ छौं, नयाँ भनेर नयाँको ट्याग लगाएर आएका पनि छौं भनेसी त्यही पंचायतकालको विरासत लिएर बजेटमा छलफल गर्ने, बसह गर्ने, तर्क गर्ने र उही अन्तमा जे आएका छ काहीँ अबौं अर्ब र काहीँ जिरो बजेटलाई हुन्छ हुँदैन भनेर पारित गर्ने कुरामा परिवर्तन आवश्यक छ ।’

234 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता