काठमाडौं/ समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमा कात्तिक २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
साझा अर्थ संवाददाता