पात्रो

रेडियो

समाचार खोजी

असोजमा घट्यो बैंकको बेस रेट

साझा अर्थ संवाददाता १८ असोज २०८१, शुक्रवार

असोज महिनामा बैंकहरुको औसत बेस रेट ७.६८ प्रतिशत कायम भएको छ । भदौमा औसत आधार दर ७.९२ प्रतिशत थियो ।  निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि झर्न थालेको हो । बेस रेट घट्दै गएपछि कर्जाको ब्याजदर पनि सोही अनुपातमा घट्छ ।  

भदौ महिनामा कर्जा प्रवाह केही बढे पनि असोजमा कर्जा प्रवाहमा उत्साहजनक नरहेको बैंकरहरु बताउँछन् ।  

केन्द्रीय बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६५ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा ५२ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सीडी रेसियो ७८।५८ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । यसले अहिले समग्रमा बैंक तथा वित्तीय संस्थाहरु कर्जा दिन सहज अवस्थामा रहेको देखाउँछ ।

असोजका लागि सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको बेस रेट ७।०३ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६।३७ प्रतिशत बेस रेट निर्धारण भएको छ । सबैभन्दा धेरै बेस रेट एनआइसी एसिया बैंकको रहेको छ । यसको बेस रेट ८.८८ प्रतिशत छ । 

 

441 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता