देशभर परिरहेको अविरलको वर्षासँगै बिभिन्न राजमार्गहरु बाढी पहिरोले अवरुद्ध भएका छन् । अहिले देशभरका चार वटा राजमार्ग अबरुद्ध भएको सडक विभागले जनाएको छ । बर्षातका कारण आएको बाढी पहिरोले
३६ वटा सडक एकतर्फी चालु रहेको तथा २९५ सडक भने दुवैतर्फ सञ्चालन भइरहेका छन्।
कान्ति राजमागर्न अन्तर्गत हेटौंडा बागमती टिकाभैरव भैरेपाटी एकान्तकुना सडकखण्डको घट्टे पाखामा पहिरोले सडक अवरुद्ध भएको छ भने पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुलीको अक्करे भीरमा लेदो बगेर सडक अवरुद्ध भएको छ ।
साझा अर्थ संवाददाता