नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवासायीको बक्यौता बाँकी भूक्तानी तत्काल निकासाको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले बिभिन्न आयोजनाहरुको बक्यौता रकम ४५ अर्बभन्दा बढी रहेको भन्दै कार्यबाहक प्रधानमन्त्री सिंहलाई भुक्तानीको पहल गर्न आग्रह गरेका हुन् ।
निर्माण व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भूक्तानी नपाएको महासंद्धले जनाएको छ ।
रकम नपाउँदा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भएको र निर्माण सम्बन्धी उद्योगहरु नै बन्द हुने अवस्था आएको भन्दै व्यवसायीहरुको तत्काल भूक्तानी दिन माग गरेका हुन् ।
साझा अर्थ संवाददाता