पात्रो

रेडियो

समाचार खोजी

नेपाल ई–बिज म्यानेजमेन्ट प्रालिको भुक्तानी सेवा प्रदायकको अनुमति रद्द

साझा अर्थ संवाददाता ३२ असार २०८३, बिहिवार

काठमाडौं,३१  साउन : नेपाल राष्ट्र बैंकले नेपाल ई–बिज म्यानेजमेन्ट प्रालिलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक को अनुमति स्वतः रद्द भएको जनाएको छ। बुधवार राष्ट्र बैंंकले एक सूचना जारी गर्दै सो  जनाएको हो ।

भुक्तानी प्रणाली विभागले आज सूचना जारी गर्दै उक्त कम्पनीलाई प्रदान गरिएको अनुमति भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३(६) बमोजिम स्वतः रद्द भएको जानकारी दिएको छ ।

राष्ट्र बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरण प्रयोग गरिरहेका सेवाग्राहीको कुनै कारोबार वा लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थासँग सम्पर्क गर्न अनुरोध गरेको छ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु