काठमाडौँ, २८ असार: नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।
मूल्यमा भएको यो वृद्धिसँगै आज छापावाल सुनको कारोबार प्रति तोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रति तोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रति तोला ६०० रुपैयाँकै वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन प्रति तोला २ लाख ८६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुनको मूल्य आजका लागि २ लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।
पहेँलो धातुको मूल्य बढे पनि बजारमा चाँदीको मूल्यमा भने आज गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँले ओरालो लागेको छ। गत शुक्रबार प्रति तोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ४७५ रुपैयाँ कायम भएको छ।