पात्रो

रेडियो

समाचार खोजी

बुद्ध भूमि नेपाल हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता २६ असार २०८३, शुक्रवार

काठमाडौं, २६ असार: बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ४० लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीहरूका लागि एक बराबर एकको अनुपातमा निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो।

कम्पनीले २०८२ चैत २२ गतेदेखि २०८३ वैशाख १३ गतेसम्म सर्वसाधारण सेयरधनीहरूका लागि ४० लाख कित्ता हकप्रद सेयर खुला गरेको थियो। त्यसमध्ये योग्य सेयरधनीहरूलाई ३५ लाख २५ हजार ३ सय ४ कित्ता मात्र बाँडफाँड गरिएको थियो भने बाँकी रहेको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता अवितरित हकप्रद सेयर कम्पनीले जेठ २१ गतेदेखि २९ गतेसम्म लिलामीमार्फत बिक्री गरेको थियो।

सोही लिलामी प्रक्रिया र साविकका सेयरधनीहरूको गरी कुल ४० लाख कित्ता हकप्रद सेयर नेप्सेमा दर्ता भएसँगै अब यो दोस्रो बजारमा खरिदबिक्रीका लागि उपलब्ध हुनेछ। यस निष्कासन तथा लिलामी प्रक्रियाको प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको थियो। दोस्रो बजारमा बुद्ध भूमि नेपाल हाइड्रोपावरको अन्तिम कारोबार प्रतिसेयर रुपैयाँ २९७ पैसा २० मा बन्द भएको छ।

22 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु