पात्रो

रेडियो

समाचार खोजी

बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र करिब ५२ करोड राहत दिइने

साझा अर्थ संवाददाता २३ असार २०८३, मङ्गलवार

काठमाडौं, २३ असार: बर्डफ्लु नियन्त्रण अभियानका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य सामग्रीको क्षतिपूर्तिस्वरूप सरकारले प्रभावित किसानलाई करिब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने तयारी गरेको छ । पशुसेवा विभागका अनुसार ११ जिल्लाका किसानको बैंक खातामा एक साताभित्र रकम पठाइने लक्ष्य राखिएको छ।

विभागले क्षतिको आधिकारिक मूल्याङ्कनका आधारमा पन्छी, अण्डा र दानाको मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने जनाएको छ। विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार आवश्यक प्रमाणसहित क्षति दाबी गरेका किसानले असार मसान्तभित्र भुक्तानी पाउनेछन् भने त्यस अवधिमा रकम प्राप्त गर्न नसक्ने किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति उपलब्ध गराइनेछ। सम्बन्धित किसानलाई आवश्यक कागजातसहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन पनि विभागले आग्रह गरेको छ।

बर्डफ्लुको असर काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बढी देखिएको छ। हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको अनुमान छ। यसबाट झण्डै ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको विभागको आँकलन छ।

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु