पात्रो

रेडियो

समाचार खोजी

कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकको अवधि साउन ३ गतेसम्म बढायो

साझा अर्थ संवाददाता २२ असार २०८३, सोमवार

काठमाडाै‌, २२ असार : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अध्यावधिक गर्ने कार्यका लागि दिइएको समय थप गर्दै आगामी साउन ३ गतेसम्म पुर्‍याएको छ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले नवीकरण गर्न बाँकी रहेका सदस्य तथा नयाँ क्रियाशील सदस्यको विवरण अनलाइन प्रणालीमार्फत केन्द्रीय अभिलेखमा प्रविष्ट गर्न थप समय उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यसअघि सदस्यता अध्यावधिकको अन्तिम म्याद असार २० गतेसम्म कायम गरिएको थियो। तर वर्षायामका कारण वडा र क्षेत्रीय तहमा सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया पूरा हुन नसकेको, नयाँ सदस्यता विस्तार अभियान जारी रहेको तथा जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै समयावधि बढाइएको हो।

दुलालका अनुसार सदस्यता अध्यावधिक वा वितरणका क्रममा कुनै समस्या वा गुनासो देखिएमा सम्बन्धित जिल्लाका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्ता सिफारिस प्राप्त भएपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक निर्णय गरी क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया अगाडि बढाउने पनि पार्टीले जनाएको छ।

73 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु