पात्रो

रेडियो

समाचार खोजी

विश्वव्यापी तापक्रम बढाउन 'एल निनो' जिम्मेवार

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ: जेठको सुरुवातसँगै बढ्दै गएको उखरमाउलो गर्मीका कारण तराई क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ। प्रचण्ड गर्मी र तातो हावा (लू) का कारण सर्वसाधारणहरू घरबाहिर निस्कन छाडेका छन् भने मजदुर, कृषक, विद्यार्थी र वृद्धवृद्धाहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

नेपालमा मात्र नभई यतिबेला विश्वव्यापी रूपमै तापक्रम तीव्र गतिमा बढिरहेको छ। विश्व मौसम विज्ञान संगठनका अनुसार प्रशान्त महासागरको उष्णकटिबंधीय क्षेत्रमा 'एल निनो' मौसमी प्रणाली विकसित भइरहेकाले आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम र वर्षाको ढाँचामा गम्भीर प्रभाव पर्नेछ। सन् २०२६ को जुनदेखि अगस्ट महिनाको बीचमा एल निनो विकसित हुने सम्भावना ८० प्रतिशत रहेको र वर्षको अन्त्यसम्म यो ९० प्रतिशत पुग्ने डब्ल्युएमओको प्रक्षेपण छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एल निनोले बढ्दो विश्वव्यापी तापक्रमको समस्यालाई आगोमा घिउ थपे झैँ थप भयावह बनाउने चेतावनी दिनुभएको छ। जलवायु संकटको प्रभावकारी समाधान र सम्भावित जनधनको क्षति कम गर्न उहाँले जीवाष्म इन्धनको प्रयोग अन्त्य गर्न, नवीकरणीय ऊर्जाको विस्तार गर्न र सबैका लागि प्रारम्भिक चेतावनी प्रणाली सुनिश्चित गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
100%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु