पात्रो

रेडियो

समाचार खोजी

आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि संसद्मा छलफल हुँदै

साझा अर्थ संवाददाता १८ जेठ २०८३, सोमवार

  काठमाडौँ , १८ जेठ :सङ्घीय संसद्को चालु अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक अनुमानित राजस्व र व्ययको विवरण अर्थात् बजेट प्रस्तुत गर्नुभएको थियो।संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार प्रतिनिधि सभाको १६ औँ बैठक आज दिउँसो १ बजे बस्नेछ। सो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको वार्षिक अनुमानित विवरणमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सांसदहरूले सरकारको आगामी आर्थिक योजना, राजस्वका लक्ष्य र खर्चका प्राथमिकताबारे आफ्ना धारणा र प्रारम्भिक मूल्याङ्कन प्रस्तुत गर्दै छलफलमा भाग लिने संसद् सचिवालयले जनाएको छ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु