पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री ओली लाई विश्वासको मत

साझा अर्थ संवाददाता ६ साउन २०८१, आइतवार

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ । आइतवार प्रतिनिधि सभामा भएको विश्वासको मत माथीको मतदानमा ओलीले विश्वासको मत प्राप्त गर्नु भएको हो । 
कुल २६३ जनाले सांसदले मतदान गर्नु भएकोमा प्रस्तावको पक्षमा १८८ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गर्नु भयो । प्रास्तावको विपक्षमा ७४ मत तथा मत दिन्न भन्नेमा एक जना सांसद रहनु भएको थियो । 
ओलीले दुई तिहाईको विश्वास प्राप्त गर्नु भएको छ ।  प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा उहाँ प्रधान मन्त्री नियुक्त हुनु भएको थियो ।

255 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता