काठमाण्डौ : आजदेखी प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । संस्थापक शेयर धनिहरुले मात्र आवेद दिन सक्ने गरी बंकले सो शेयर बिक्रीमा राखेको हो ।
सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्ने बैंकले जनाएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्ने बैंकको भनाई रहेको छ ।