पात्रो

रेडियो

समाचार खोजी

एपोलो हाइड्रोपावरको आइपीओ चैत्र २६ बाट

साझा अर्थ संवाददाता १७ चैत २०८२, मङ्गलवार

काठमाडौंः एपोलो हाइड्रोपावर लिमिटेडको आइपीओ चैत्र २६ गते देखि शेयर निष्काशन तथा विक्री खुल्ला हुने भएको छ । सर्वसाधारणकालागि सो आइपीओ निष्काशन तथा विक्री खुल्ला हुने भएको हो । 
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि अइपीओ निष्काशन गरी यस अघिनै  बाँडफाँड समेत गरिसको छ । कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणहरुकालागि निष्काशन तथा विक्री खुल्ला गर्न लागेको जनाएको छ ।  
कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको सञ्चालन गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्