काठमाडौंः स्नो रिभर्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि चैत ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिे प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार ७५० कित्ता साधारण शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो । कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर विक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।