काठमाडौंः कालिञ्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ चैत २२ गते बाट खुल्ला हुने भएको छ । सर्व साधारणका लागी २२ गतेबाट सो आइपीओ निष्काशन तथा विक्री खुल्ला हुने भएको हो ।
पहिलो चरणको आइपीओ निष्काशन तथा विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
आइपीओ निष्काशन बन्द छिटोमा चैत २५ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ६ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
कम्पनीले ५ मेगावाट क्षमताको को साँगु (सोरुङ) खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।