पात्रो

रेडियो

समाचार खोजी

बैदेशिक रोजगारीमा रहेकाहरुलाई सोपान फर्मास्यूटिकल्सको आईपीओ खुल्यो

साझा अर्थ संवाददाता ९ चैत २०८२, सोमवार

काठमाडौंः बैदेशिक रोजगारीमा रहेकाहरुलाई सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन तथा विक्री खुल्ला भएको छ । आजबाट आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो । 
४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित नियमन निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ । 
चैत्र १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।  सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म आइपीओ भर्ने म्याद थप हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु