काठमाडौंः सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन तथा विक्री खुल्ला भएका छ । आजबाट सर्वसाधारणकालागि सो आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो । सर्वसाधारणकालािग १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । निष्काशन बन्द छिटोमा फागुन ११ गते हुनेछ भने ढिलोमा फागुन २० गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।