पात्रो

रेडियो

समाचार खोजी

होटल फरेष्ट इनको आइपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता ४ फागुन २०८२, सोमवार

काठमाडौंः होटल फरेष्ट इनको आइपीओ बाँडफाँट भएको छ। आइपीओ बाँडफाँट सोमबार सम्पन्न भएको हो । 
कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।
आइपीओमा  २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपीओ बाँडफाँट गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले जनाएको छ । बाँडफाँट अनुसार ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएकाको  शेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ।

118 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्