काठमाडौंः कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका हरुकालागि सो सो आइपीओ निष्काशन गर्न लागिएको हो ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको मा ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको जनाएको छ । आइपीओमा दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। यसैगरी नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी बैदेशिक रोजगारीमा गएका हरुले पनि आवेदन दिन सक्नेछन् । बैदेशिक रोजगारमा रहेका हरुकोलागि ८२ लाख ५०० कित्ता शेयर छुट्याइएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।