काठमाडौंः सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपीओ फागुन ४ गतेदेखि निष्काशन गरिने भएको छ । सो आइपीओ सर्वसाधारण लागानीकर्ताहरुको लागि निष्काशन गरिने भएको हो ।
कम्पनीले कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिससकेको छ ।
कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन बन्द छिटोमा फागुन १० गते हुनेछ भने ढिलोमा फागुन १९ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।