साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५०.७३ अंक घटेर २६३७ अंकमा आइपुगेको छ ।
बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएकोमा आज १० अर्ब ३३ करोडको भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २१९ को घट्यो भने एकको स्थिर रह्यो ।
बजार घट्दा पनि रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी तथा इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो भने ग्रीनलाइफ हाइड्रोपावरको ९.४, सीईडीबी हाइड्रोपावरको ९.१५, इमर्जिङ नेपालको ७.१२ र नेपाल वेयरहाउजिङको ७.१० प्रतिशत मूल्य घट्यो ।
यस दिन बैंकिङ ०.९३, विकास बैंक २.५१, फाइनान्स ३.५३, होटल तथा पर्यटन ३.६८, हाइड्रोपावर १.४८, लगानी २.८०, जीवन बीमा २.७४, उत्पादन १.७९, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा २.१६, अन्य २.२३ र व्यापार ०.९० प्रतिशत घटे ।
साझा अर्थ संवाददाता