पात्रो

रेडियो

समाचार खोजी

नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन आईएमएफलाई आग्रह

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाध काम गर्नका लागि नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् ।

बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) का मिसन टोलिसँगको भेटका क्रममा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न आग्रह गरे । उनले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट ऋणको माग कम रहेको बताए ।

उनले महासंघले बैंकहरूलाई आफ्नै शर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने धारणा पनि राखे ।

साथै उनले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठ वटा कानूनमा संशोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको बताए । उच्च विदेशी विनिमय सञ्चिती, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्ने उनको आग्रह थियो ।

सो अवसरमा आईएमएफका मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाइ थियो ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता