पात्रो

रेडियो

समाचार खोजी

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणा, राष्ट्रिय सभा गृहमा आज कार्यक्रम

साझा अर्थ संवाददाता २१ पुष २०८२, सोमवार

२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बृहत् राजनीतिक समायोजनको औपचारिक घोषणा सभा आयोजना गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहट–थारुवान आन्दोलनका अभियान्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी समायोजनमा सहमति जुटेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार घोषणा सभा दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा हुनेछ ।

यसैबीच, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिएका ती सबै नेता तथा कार्यकर्ता आज राष्ट्रिय स्वतन्त्र पार्टीमा समायोजन हुने बताइएको छ ।

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु