काठमाडौंः एनएलजी इन्स्योरेन्स लिमिटेडले ७ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सो लाभांस दिने भएको हो ।
कम्पनी सञ्चालक समितिको पुष सात गते बसेको बैठकको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गरिने छ। ७ प्रतिशत लाभांस मध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनकालागि ) रहेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।